तालिबानद्वारा पत्रकारको हत्या

अफगानिस्तान । अफगानिस्तानमा तालिबानले एक पत्रकारको हत्या गरेको छ ।

टोलो न्युजका पत्रकार जियार खानको तालिबानी लडाकुहरुले काबुलमा हत्या गरेका हुन् ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार खानलाई कुटेर तालिबानी लडाकुहरुले मारेका हुन् । यी पत्रकार अफगानिस्तानमा गरिवीबारे रिपोर्टिङ गर्दै थिए ।

त्यस्तै केही समयअघि भारतीय पत्रकार दानिश सिद्दिकीलाई पनि तालिबानले गोली हानेर हत्या गरेको थियो ।