भारतद्वारा नेपाललाई अक्सिजन प्लान्ट सहयोग

काठमाडौं । भारतले नेपाललाई अक्सिजन प्लान्ट सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतीय जनता र सरकारको तर्फबाट नेपाली जनता र सरकारलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको हो ।

उक्त अक्सिजन प्लान्ट एक कार्यक्रमको आयोजना गरेर आज वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।