प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले लिए शपथ

काठमाडाैं । प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासीले उनलाई शपथ ग्रहण गराएका हुन् । 

मुख्यमन्त्री शेरधन राईको राजीनामा पछि उनी नेकपा एमालेको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थिए । 

यसअघि शेरधन राईसँग २ मत अन्तरले पराजित भएका आचार्यलाई राईकै समर्थनमा पुन : संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।