काठमाडौं । जनगायक जेबी टुहुरे(जुठबहादुर खड्की)को निधन भएको छ । उपचारका क्रममा ७८ वर्षीय टुहुेरेको बयोधा अस्पतालमा आज निधन भएको हो ।
संविधानसभा सदस्यसमे रहेका टुहुरे मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापबाट उनी लामो समयदेखि पीडित थिए ।
जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् । उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ।।’ बोलको गीत सर्वाधिक लोकप्रिय छ ।
Add Comment