कांग्रेस जिल्ला सभापतिहरुको केन्द्रीय कार्यालयमा रिले अनशन कायमै

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले  केन्द्रीय कार्यालय सानेपामा पार्टीको क्रियाशील सदस्यता तत्कालन सार्वजनिक गर्न माग राख्दै रिले अनशन सुरु गरेका छन् । सभापति शेरबहादुर देउवा इतर समूहका जिल्ला सभापतिहरुले रिले अनशन गरेका हुन् ।

विहीबार तीनवटा जिल्लाका सभापति र दुईजना युवा नेताहरु अनशनमा बसेका छन् ।

विहीबार तनहुँ सभापति बैकुण्ठ न्यौपाने, सुर्खेत सभापति कमलराज रेग्मी र डोल्पाका सभापति अंगत बुढा रिले अनशनमा बसेका छन् । यस्तै युवा नेताहरु मनोजमणि आचार्य र प्रमोदहरि गुरागाईँ अनशनमा बसेका छन् ।

जिल्ला सपभातिहरुको आन्दोलनमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले समर्थन जनाएका छन् ।