एमालेको सम्पत्ति पनि बाँडफाँड हुनुपर्छ : माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेको सम्पत्तिको विषयमा चिन्ता व्यक्त गरेका छन् । उनले स्वयंको नेतृत्वमा एमालेको नाममा सम्पत्ति निर्माण गर्न थालेको पनि जनाएका छन् ।

अध्यक्ष नेपालले एमालेको सम्पत्तिका विषयमा मैले निर्माण गरेको हुँ अरू ध्वंश गर्न लागेको पनि बताएका छन् । उनले पार्टी फुटिसकेपछि सम्पत्तिका विषयमा कानुनीरूपबाट अघि बढ्नुपर्ने पनि बताएका छन् । त्यसमा एकीकृत समाजवादी पार्टीको पनि दाबी छ । कानुनीरूपमा लड्न कुनै अप्ठेरो नमान्ने पनि उनले जिकीर गरेका छन् ।

ध्वंश गर्नेहरूले बचत गर्न नसक्ने भएकाले हामी नवनिर्माणमा पनि लाग्नुपर्ने उनले बताएका छन् । म नव निर्माण गर्ने हैसियत पनि राख्छु भन्दै नेपालले एमालेको सम्पत्ति बाँडफाँड हुनुपर्ने बताएका छन् र

साथै उनले अव नेकपा एकीकृत समाजवादी छिटै सरकारमा सहभागी हुने पनि बताए ।

बिहीबार एक पत्रकार सम्मेलन गर्दै नेता नेपालले आफूहरु छिट्टै नै सरकारमा जाने बताएका हुन् । उनले पाँच दलीय गठबन्धन अब निरन्तर अगाडी बढ्ने घोषणासमेत गरेका छन् ।

‘वामपन्थीका साथै सबै लोकतान्त्रिक शक्तिहरूसँग अगाडि बढ्ने हामीले लक्ष्य लिएका छौं, सत्तारुढ कांग्रेस, जसपा र माओवादी केन्द्रका साथै सत्ता बाहिर रहेका वामपन्थी दलहरूसँग पनि हाम्रो सहकार्य हुन्छ।’ नेता नेपालले भने ।

नेता नेपालले एमालेमा रहेको सम्पत्तिको विषयमा कानून अनुसार अगाडी बढ्ने जानकारी दिए । उनले भने ‘कानुनमा के छ हेरौंला। दाबा गरौंला। होइन भने म निर्माण गर्न सक्छु,’  उनले भने, ‘म निर्माण गर्ने अरू ध्वंश गर्ने हुन्।’