निर्मला पन्त हत्या प्रकरण चाँडै बाहिर ल्याउँछाैं : मन्त्री खाण

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले गत साउन १५ गते तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको सत्यतथ्य जानकारीका लागि गठित समितिले काम गरिरहेको बताएका छन् । 

बिहीवार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री खाणले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण अझै छानबिनकै क्रममा रहेको र यसमा लामो समय लागिसकेकोले चाँडै सत्यतथ्य पत्ता लगाएर अपराधीलाई कठघरामा उभ्याउने जनाए । 

खाणले चाडबाडमा बजारमा गुणस्तरहीन वस्तुहरु भेटिने समस्या र कालोबजारीलाई गम्भीरतापूर्वक लिएर सरकार अघि बढ्ने आश्वासन दिए। बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले वैशाख १ देखि भदौ ९ गतेसम्मको अवधिमा कालोबजारी गर्ने ५६ जनालाई पक्राउ गरेको जानकारी दिए । 

बैठकमा उपस्थित सांसदहरु डा. डिला संग्रौला, लालबाबु पण्डित, दिलेन्द्रप्रसाद बडू, प्रेम सुवाल लगायतका सांसदहरु जयसिंह धामी, निर्मला पन्त र बजारको कालोबजारी लगायतका समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।