क्रियाशील सदस्य वितरण विवाद सुल्झाउन चाक्सीबारीमा पौडेल पक्षको बैठक

काठमाडौं । क्रियाशील सदस्य वितरण विवादमा रहेको नेपाली कांग्रेसको पौडेल पक्षको बैठक अहिले नेता प्रकाशमान श्रेष्ठको पूर्ख्याैली घर चाक्सीबारीमा चलिरहेको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बसेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरूको बैठक आज बिहान करिब साढे ८ बजेदेखि जारी रहेको जनाइएको छ ।

क्रियाशील सदस्यहरूको सूची सार्वजनिक र अनशनमा रहेका कांग्रेस जिल्ला सभापतिहरूका माग सम्बोधन गराउने विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाललगायत छन् ।