कस्तो छ विदेशी लगानीकर्ताको अवस्था नेपालमा ?

काठमाडाैं । नेपालमा विदेशी लगानी कर्ताहरू यसै पनि लगानी गर्न डराउँछन् । कोरोना महामारी सुरू भएपछि थोरै मात्रामा भएका विदेशी लगानीकर्ताहरू पनि एक किसिमले मारमा परेका थिए । सरकारले लगानीमैत्री कार्यक्रम बनाउन नसक्दा लगानीकर्ताहरूमा एक किसिमको निरासा छाएको छ ।

हालसम्म पनि लगानीकर्ताको लागि महामारीको ह्याङ सकिएको छैन । सङ्क्रमणका  कारण  नेपाल भित्रने विदेशी लगानी पनि प्रभावित भएको  छ ।  नेपाल  राष्ट्र  बैङ्कले सार्वजनिक  गरेको  गत  आर्थिक वर्ष २०७७÷७८ को आर्थिक तथा वित्तीयसम्बन्धी   प्रतिवेदनअनुसार गत  आवमा   विदेशी   लगानीमा सामान्य    मात्रामा  वृद्धि  भएको देखिएको   छ।

 प्रतिवेदनअनुसार गत  आवमा  १९  अर्ब  ९०  करोड रुपियाँ  विदेशी  लगानी  भित्रिएको छ।  यो  आव  २०७६/७७  को तुलनामा  केवल  १.२  प्रतिशतले मात्र   बढी   हो। गोरखापत्रमा खबर छ । उक्त   आवमा नेपालले  १९  अर्ब  ६७  करोड रुपियाँ  विदेशी  लगानी  भित्र्याएको थियो। विश्व  अर्थतन्त्र  नै  कोभिड–१९ का कारण आक्रान्त बनिरहेको अवस्थामा  नेपाल  भित्रने  लगानी पनि  बढ्न  नसकेको  हो।