मलाई बा भनिदिनू भनेर पैसा बाँढेको छु र ? : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कार्यकर्ताहरुले आस्थाको आधारमा बा’ भनेको स्पष्ट पारेका छन् । प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहान्छन् कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूलाई महात्मा गान्धी, भियतनामका पूर्व राष्ट्रपति हु ची मिन्ह, नेल्शन मण्डेलासँग तुलना गरे ।

उनले भने,‘भारतमा महात्मा गान्धीलाई बापु, भियतनामाका पूर्व राष्ट्रपति हु ची मिन्हलाई अंकल नै भनिको, नेल्शन मण्डेलालाई पिताजी भन्थे । कसले गरेको कामलाई जनताले मन पराउँछन्, प्यारो गर्छ, त्यो चाहीँ ईर्ष्या गरिरहन आवश्यक छैन् ।’

उनले आफूले पैसा बाँडेर ‘मलाई बा भन्देउ’ भनेर नभनेको स्पष्ट पारे । उनले भने,‘मैले पैसा बाँडेर बा भन्देउ भनेको त छैन् । मैले बा भन्ने शब्द किनेको त होईन । मैले डण्डा लगाएर बा भन् की भन् भनेर कसैलाई भनेको छैन् । बाध्य पारेको त छैन् । होला, आस्थाले बा भने होलान् ।

त्यसमा कसैको टाउको जल्नुपर्ने, मन जल्नुपर्ने, राँको बालेर दमकल बोलाउनुपर्ने, आगलागी हुनुपर्ने, छातिमा वारुण यन्त्र नै बोलाउनुपर्ने किन ?’ माधव नेपाल र वामदेवहरुलाई आफ्नो प्रशंसा अरुले नगरिदिएको कारण आफूलाई बा’ भन्दापनि ईस्र्या लागेको हो कि भन्ने ओलीको भनाई थियो ।