उपत्यकामा निषेधाज्ञा हटाइयो

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा हटाएको छ । बुधबार बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठकले चार महिनादेखि जारी गरिएको निषेधाज्ञा हटाएको हो ।

लामो समयदेखिको जारी निषेधाज्ञा अन्त्य गर्ने निर्णय भएको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।


त्यस्तै बैठकले विद्यालय खोल्न नपाउने निर्णय गरेको छ ।

सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अनुमतिमा विद्यालय सञ्चालन गर्न पाउने भएका हुन् ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशमा स्वास्थ्य मापदण्डको पालना गर्न र भीडभाड नगर्न अनुरोध गरिएको छ । यो निर्णय भदौ १७ गतेदेखि भदौ मसान्तसम्म लागू हुनेछ । संक्रमण बढेमा भने फेरि निषेधाज्ञा लागू हुन सक्ने प्रशासनले जनाएको छ ।