भारतमा एकैदिन ५ सय ५ संक्रमितको मृत्यु

काठमाडौं । भारतमा थप ४५ हजार ९७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २८ लाख ५६ हजार ८६३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९६ हजार २०७ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ५०५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५५९ पुगेको छ ।