खुल्न थाले महोत्तरीमा विद्यालयहरू

महोत्तरी । उपत्यकामा निषेधाज्ञा हटेसँगै महोत्तरीका विद्यालय धमाधम खुल्न थालेका छन् ।कोभिड(१९ माहामारीका कारण लामो समयदेखि बन्द विद्यालयमा पठनपाठन सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रले अनुमति दिएपछि महोत्तरीका १५ वटै स्थानीय तहका आधा विद्यालयमा पढाइ सुरु भएको हो ।

संकट व्यवस्थापन केन्द्रले विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई दिएको हो । स्थानीय सरकारले जोखिमको आँकलन गरेर विद्यालय सञ्चालन गर्न सक्छन्, प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने ।

टुटेश्वरनाथ माध्यमिक विद्यालयका प्रधानध्यापक अम्बर विक झन्डै ९० प्रतिशत विद्यार्थी राखेर पठनपाठन थालिएको बताए ।