फेरि फुट्नसक्छ विवेकशील साझा पार्टी

काठमाडौं । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि ल्याएको अध्यादेशले दुईवटा दल फुटिसकेकोमा अर्को दल पनि फुट्ने भएको छ । विवेकशील साझा पार्टी फुट्न लागेको छ ।

विवेकशीले संस्थापन पक्ष र विरोधी पक्षको छुट्टाछुट्टै बैठक बसी एक अर्कामाथि कारबाहीको तयारी भएको छ । योसँगै विवेकशील फुट्ने निश्चितप्रायः भएको छ ।

अध्यक्ष रवीन्द्र मिश्रले धर्मको मुद्दालाई बहसका रुपमा भन्दै प्रस्ताव ल्याएपछि मिलन पाण्डे समूह असन्तुष्ट भएको छ । यो पार्टीको आधिकारिक लाइन विपरित भन्दै कारबाहीको प्रक्रिया थालेको छ । तर, मिश्रले निर्वाचन आयोगमा पार्टीको सिद्धान्तसम्बन्धी दर्ता नहुने भन्दै समय अनुसार धारणा फरक हुन सक्ने तर्क राखेका छन् ।

धर्मको मुद्दामा विवेकशील विभाजित हुन लागेको हो । रवीन्द्र मिश्रले हिन्दु राष्ट्र र संघीयता खारेजीको एजेन्डालाई बहसमा ल्याएका छन् । मिश्रले यो मुद्दालाई बहसमा ल्याएपछि राजनीतिक तरंग समेत आएको छ ।