रोनाल्डो पुगे इंग्ल्याण्ड

एजेन्सी । इटालियन क्लब युभेन्टसबाट पूर्व क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्ल्याण्ड आइपुगेका छन् । 

उनी १९.८ मिलियन पाउण्डमा युभेन्टसबाट युनाइटेडमा अनुबन्ध भएका हुन् । उनले दुई वर्षका लागि क्लबसँग सम्झौता गरेका छन् ।

विश्वकप छनोट अन्तर्गत आयरल्याण्डविरुद्ध दुई गोल गर्दै अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक १११ गोल गर्ने किर्तिमान बनाएका रोनाल्डोले उक्त खेलमा दुई गोल गरेका थिए ।

गोलपछि जर्सि फुकालेका कारण उनले पहेँलो कार्ड पाएका थिए । त्यसअघिको खेलमा पनि उनले पहेँलो कार्ड पाइसकेकाले अजरवैजनविरुद्धको खेल उनले नखेल्ने भएका हुन् । 

पोर्चुगल टिमका प्रशिक्षक फर्नान्डो सान्टोसले उनलाई अजरवैजनविरुद्धको खेलअघि इंग्ल्याण्ड फर्कनका लागि अनुमति दिएका हुन् ।

उनलो युनाइटेडमा पुरानै जर्सि नम्बर सात पाउने भएका छन् । उनले रेड डेभिल्सका लागि सेप्टेम्बर ११ मा न्युक्यासलविरुद्ध मैदान उत्रदै दोस्रो डेब्यु गर्ने बताइएको छ ।