५१ किलो गाँजासहित पक्राउ

काठमाडाैं । चार जनालाई प्रहरीले ५१ किलो गाँजासहित चितवनबाट पक्राउ गरेको छ।

ना७ख ५०११ नम्बरको रात्रि बसबाट रत्ननगर नगरपालिका-१५ का २७ वर्षीय सोनाम वाइबा, कालिका नगरपालिका-८ का २५ वर्षीय विमल तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ का २० वर्षीष राजकुमार तामाङ र चितवन राप्ती नगरपालिका-१ का २० वर्षीय मिनराज घलान पक्राउ परेका हुन्।

चारै जनालाई प्रहरीले हिरासतमा लिई अनुसन्धान गरिरहेको छ। वाइबा र तामाङद्वय रात्रि बसमा काठमाडौंबाट शुक्रबार चितवन गइरहेका थिए।

घलान भने ना२ह ५८८० नम्बरको अटो चालक हुन्। उनको अटोबाट प्रहरीले ३५ किलो गाँजा बरामद गरेको थियो।