२० मिनेटसम्म बाघसॅग घम्साघम्सी

एजेन्सी । बाघको पञ्जामा परेपछि ज्यान जोगाउन मुस्किलै पर्छ । तर सुन्दरवन टाइगर रिजर्ब क्षेत्रमा एक जना माझी बाघसँगको लडाइँपछि पनि ज्यान जोगाउन सफल भएका छन् ।

रिजर्ब क्षेत्रमा सुदर्शन सरदारले २० मिनेटसम्म बहादुरी साथ बाघसँग लडाइँ गरे । त्यसपछि स्थानीय गाउँले आएर उनको उद्धार गरे ।



इन्डिया टाईम्सका अनुसार ३३ वर्षीय सरदारले २० मिनेटसम्म बाघसँग लडाइँ गरेका थिए । गोसाबाको सोनागा गाउँका सरदार ४ जना माझीसँगै झिला जंगल नजिकैको कापुरा नदीमा थिए । त्यति नै बेला बाघले डुंगामा आक्रमण गरेको थियो ।

गाउँलेले उद्धार गरेपछि उनलाई अस्पताल लगिएको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।