ईश्वर पोखरेलको बहुलठ्ठी भाषा, एमालेलाई कोही चोइटिँदा केही फरक पर्दैन

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ईश्वरले बहुलठ्ठी भाषाको प्रयोग गरेका छन् । उनले पार्टी फुटलाई चोइटिएको भनी बताएका छन् ।

साथै उनले फुटले धुजाधुजा भएको पार्टीसमेत जुनसुकै प्रतिकूलतासँग जुध्ने पार्टी भएको दाबी गरेका छन् । पार्टीको जिल्ला कमिटीले आज बनेपामा आयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले पहिलाजस्तो थियो अहिले पनि उस्तै रहेको बताए ।

उनको अहंकार देख्दा लाग्दथ्यो मानाैं पार्टीमा १५ वर्ष नेतृत्वमा रहेर काम गरेका माधव नेपाल मुसा हुन् । मानाैं माधव नेपालले एमालेको लागि कुनै काम गरेनन् । वस्तुतः माधव नेपाल नै त्यस्ता नेता थिए जसले युवा पुस्तालाई एमालेमा लाग्न उत्प्रेरित गरेका थिए । हुन त पार्टीका अध्यक्ष नै त्यस्तै खाले अनर्गल भाषाको प्रयोग गर्दछन् भने उनका चेला चपेटाले त्यस्तै भाषा बोल्नु समान्य नै हो ।

उनले भनेका छन्, ‘एमालेमा बीचको केही समय धमिलो मात्रै भएको हो, अहिले सङ्लो छ, पार्टीभित्र र बाहिरी प्रतिकूलतासँग जुध्ने पार्टीलाई कोही चोइटिँदा केही फरक पर्दैन’ । जिल्ला जिल्लाका पार्टीको कमिटी नै नेकपा एसमा गइरहँदा पनि उनको यस्तो वक्तव्यमा उनका असव्य कार्कर्ता ताली पिटिरहेका थिए ।

एमाले नीति र घोषणापत्रका आधारमा चलेको र चलिरहने उल्लेख गर्दै पोखरेलले अबको पार्टी नेतृत्वको संरचनामा तीन पुस्ता समेटिने बताए । उनले भने, ‘अबको नेतृत्व पाको, अधवैशे र युवापुस्ताको समिश्रण जिम्मेवारीमा हुन्छ ।’

नेता पोखरेलले वरिष्ठ नेता मावधकुमार नेपाल आफैँ दुर्दशातर्फ लागेको आरोप लगाउँदै पार्टीभित्र रहँदा पराजित भएर निर्वाचितसँग समान अधिकार मागेर हास्यास्पद परिस्थिति निर्माण गरेको स्मरण गरे । ‘अब नेपालमा पुनः एमाले लिड पार्टी हुनेछ, गठबन्धन धेरै समय टिक्दैन’, उनले भने । नेता पोखरेलले पार्टी सदस्यता विस्तार गरी पार्टी निर्माणतर्फ लाग्न आग्रह गरे ।