सुदूरपश्चिम प्रदेश सभामा एमालेभन्दा नेकपा एस ठूलो पार्टी

कैलाली । सुदूरपश्चिममा एकीकृत समाजवादी एमालेभन्दा ठूलो दल बनेको छ । एमालेबाट चुनाव जितेका सुदूरपश्चिम प्रदेशका थप तीन सांसदले एकीकृत समाजवादी पार्टी रोजेपछि एकीकृत समाजवादी ठूलो दल भएको हो ।

सांसदहरु तारालामा तामाङ, दीर्घ सोडारि र प्रकाश रावलले आज निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका हुन् ।

अब सुदूरपश्चिम प्रदेशसभामा एमालेका सभामुखसहित १२ र एकीकृत समाजवादीका १३ सांसद भएका छन् ।