काठमाडौँ । सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शम्भु तामाङको स्वास्थ्यअवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ । तामाङको स्वास्थ्योपचारमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चासो व्यक्त गरेका छन् ।
आज बिहान ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुगी तामाङको स्वास्थ्यस्थितिबारे अध्यक्ष दाहालले जानकारी लिएका छन् । सगरमाथाको शिखर चुम्दा तामाङ मात्रै १७ वर्ष ६ महिना १५ दिनको थिए ।
सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–२, स्थायी घर भई हाल काठमाडौँ महाराजगञ्ज निवासी यतिबेला क्यान्सर रोगसँग लडिरहेका छन्
। उने सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका थिए । तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा रहेका छन् । तामाङको स्वास्थ्य अवस्थाबारे अध्यक्ष दाहालले चिकित्सकबाट जानकारी लिएको उनको सचिवालयले जानकारी दिइएको छ ।
अध्यक्ष दाहालले उनको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी समेत गरेका थिए । अध्यक्ष दाहालले देशका लागि तामाङले पुराएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारका तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताएका छन् ।
Add Comment