काठमाडौँ । काठमाडौं महागरपालिकाले भोटाहिटी रत्नपार्कको अण्डरपास सब (वे) माथि अवैध संरचना भत्काएको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो ।
पैदलयात्रु हिँड्ने सब (वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको नगरप्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । महानगरले ठेक्का दिएको ठेकदरले थपेको संरचना अवैध ठहर भएपचि भत्काउन लागिएको उनले बताए ।
सबवेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध भएकाले हटाइने महानगरपालिकाले जानकारी दिएको छ । यो सब(वेमा पैदलयात्रु हिँड्रन सकस हुने गरी काठमा संरचना थपेर पसलहरू राख्दै आएका थिए ।
Add Comment