काठमाडौँ । मोरङको जहदा गाउँपालिका–२ भाथीगछस्थित बाँस झ्याङमा लुकाएर राखेको अवस्थामा प्रहरीले शुक्रबार बिहान १५ किलो गाँजा बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा गाँजा बरामद गर्न प्रहरी पुगेको थियो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले बिहान ५ ३० बजेतिर लागूऔषध गाँजा बरामद गरेको हो । गाँजा कसले लुकाएको हो भन्ने यकिन भएको छैन् । भारततिर निर्यात गर्नका लागि लुकाएर राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रवक्ता डीएसपी दीपक श्रेष्ठले गाँजा लुकाउने व्यक्तिको खोजी तीव्र पारेर अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।
Add Comment