काठमाडाैँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक ३.०३ अङ्कले ओरालो लागेर २ हजार ६०.०६ मा झरेको छ ।
आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ अङ्कले ओरालो लागेर ३ सय ९४.६२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्य नौ उपसमूहको शेयर मूल्य घट्दा आउँदा चार उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कारोबार भएकामध्ये १ सय ७ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै, १ सय २ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा तीन उपसमूहको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।
कूल ८२ लाख २२ हजार ८ सय ३३ कित्ता शेयर ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७ सय ८७ बराबरको कारोबार भएकाे छ । कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४३ करोड १९ लाख ६४ हजार २ सय ३६ बराबरको कारोबार गरेकाे छ । एनआइसी एशिया बैंक ९ करोड ६६ लाख ९५ हजार, सानिमा बैंक ९ करोड ४९ लाख १२ हजार ८ सय १४, हिमाल दोलखा हाइड्रोपावर ८ करोड १७ लाख ९४ हजार ४ सय ५२ र नेपाल पुनरबीमा कम्पनी रु आठ करोड ३ लाख ४२ हजार आठ सय १८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
आज विभिन्न चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जसमा श्वेत गङ्गा हाइड्रोपावर,धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्स्योरेन्स छन् । विन नेपाल लघुवित्त ५.५९, बोटलर्स नेपाल तराई लघुवित्त ५.५४, दोर्दी खोला जलविद्युत् ३.४४, पिपल्स पावर कम्पनी ३.४० र हिमालयन बैंकको शेयर मूल्य ३.३२ प्रतिशतले घटेको छ ।
Add Comment