काठमाडौं । भारतले नेपालसहित ७ देशमा १० लाख टन गैरबासमती चामल निर्यात गर्न अनुमति दिएको छ । भारत सरकारले नेपाल, क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैरबासमती चामल निर्यात गर्न अनुमति दिएको हो ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत पर्ने वैदेशिक व्यापार महानिर्देशनालयले राष्ट्रिय सहकारी निकासी लिमिटेडमार्फत निकासी गर्न अनुमति दिएको हो । गैरबासमती सेतो चामलको निर्यात नेपाल, क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समामा मात्रै हुनेछ ।
नेपालका लागि ९५ हजार टन, क्यामरुनका लागि १ लाख ९० हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५ हजार टन, कोट डी आइभोर र गिनीका लागि १ लाख ४२ हजार टन, सेलेसलाई ८ सय टन पठाइएको छ ।
भारत सरकारले जुलाईमा घरेलु आपूर्ति बढाउन गैरबासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर, खाद्य सुरक्षा आवश्यकता पूरा गर्न सरकारले केही देशहरूलाई दिएको अनुमतिका आधारमा निर्यात गर्न दिइन्छ । सिन्ह्वाको सहयोगमा
Add Comment