काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयका कर्मचारीहरुले ब्रिफिङ गरेका छन् । अर्थमन्त्री पौडेललाई मन्त्रालयका सचिव, सहसचिव विभागिय प्रमुखहरुले ब्रिफिङ गरेका हुन् । कर्मचारीहरुको ब्रिफिङमा अर्थतन्त्रमा विशेषगरी ४६ वटा चुनौती उल्लेख गरेका छन् । ती चुनौतीलाई सामना गर्न २९ वटा क्षेत्रमा सुधार आवश्यक भएको उल्लेख गरेको छ । उपप्रधान तथा अर्थमन्त्री पौडेले समस्या र चुनौतीहरुको प्राथमिकीकरण गरी समाधान गर्दै अघि बढ्ने बताए ।
अर्थतन्त्रका चुनौती
अर्थतन्त्र
- साधन उपलब्धताको अनुपातमा आर्थिक क्षेत्रको वृद्धि कम हुनु
- बचत, उपभोग र लगानी वृद्धि दर न्यून रहनु
- वित्तीय क्षेत्रको साधन स्रोत पर्याप्त मात्रामा उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसक्नु
- आयातरनिर्यात अनुपात उच्च रहनु
- आर्थिक वृद्धि(अस्थिर एवम् न्यून रहेको
- बढ्दो लगानी आवश्यकता र न्यून कुल गार्हस्थ्य बचत रहेको
- औसत पुँजी प्रतिफल अनुपात तुलनात्मकरुपमा उच्च रहेको
- तीब्र आन्तरिक बसाईसराईको कारण हिमाली, पहाडी एवम् ग्रामीण क्षेत्रको जनसङ्ख्या घट्दो क्रममा रहेको
- आर्थिक वृद्धिमा उत्पादनशील क्षेत्रको योगदान कमजोर रहेको
अर्थतन्त्रको संरचनागत चुनौती
- न्यून कुल गार्हस्थ्य बचतः कुल गार्हस्थ्य उत्पादनको औसत १० प्रतिशत भन्दा कम
- न्यून दरको आर्थिक वृद्धिः पछिल्लो ४८ वर्षको औसत वृद्धिदर ४।२३ प्रतिशत
- न्यून उत्पादकत्व
- औद्योगिक क्षेत्रको योगदान घट्दै गएको
- आयातमा आधारित राजस्वः कुल राजस्वको ४६.२ प्रतिशत
- कमजोर निकासी र बढ्दो व्यापार घाटाः निकासी-पैठारी अनुपात १स्१०
- राजश्व र खर्चको वृद्धि अझै न्यून रहनु
- पूँजीगत खर्चको प्रभावकारिता न्यून रहनु
- पर्याप्त तयारी बिना बजेट प्रस्ताव गर्ने प्रवृति
- ऋणको मात्रा बढ्दै जानु
- भुक्तानी दायित्व उच्च रहनु
- विकास पूर्वाधारमा लगानीको लागि वित्त बचत फिस्कल स्पेस न्यून रहनु
- राजस्व परिचालन अनुमानयोग्य हुन नसक्नु लक्ष्य बमोजिम राजस्व असुली हुने नसकेको
- आयातमा आधारित राजस्व उच्च रहेको हुँदा राजस्व परिचालनलाई दिगो बनाउनु चुनौती रहेको
- संस्थानमा ऋण लगानीको प्रतिफल कमजोर रहनु
- खर्च र आम्दानी बीचको अन्तर बढ्दै जानु
- सामाजिक सुरक्षातर्फको खर्च बढ्दै जानु
- वैदेशिक ऋणको प्रभावकारी उपयोग हुन नसक्नु
- आयोजनारपरियोजना तोकिएको समयमा सम्पन्न नहुँदा लागत प्रभावकारी हुन नसक्नु
सार्वजनिक खर्च
- आयोजनाको अत्यधिक संख्या र सिर्जना भएको दायित्व व्यवस्थापन
- बहुबर्षीय ठेक्काको स्रोत व्यवस्थापन
- गैर बजेटरी मागलाई निरुत्साहित गर्ने
- अनिवार्य दायित्वको ठूलो परिमाण:१७५२ अर्बको बजेटमा :११८१ अर्ब अनिवार्य दायित्व रहेको। अनावश्यक देखिएका संरचना खारेज हुन नसकेको
- वैदेशिक सहायताको उपयोग क्षमता कमजोरस् विनियोजनको औसत ५० प्रतिशत
- सर्वसञ्चित कोषलाई सन्तुलित अवस्थामा राख्ने
- सञ्चित कोष व्यवस्थापनस् संघीय सञ्चित कोष ऋणात्मक तर प्रदेश र स्थानीय तहका कोषहरु बचतमा रहने गरेको
- वित्तीय हस्तान्तरणमा कमीस् राजस्व संकलन अपेक्षित नहुँदा प्रदेश र स्थानीय तहमा कम मात्र हस्तान्तरण हुने परिस्थिति रहेको । समपुरक र विशेष अनुदान तर्फ वर्षेनी आयोजना थप भई असिमीत दायित्व सिर्जना भएको
बैंकिङ क्षेत्र
- कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्न नसकिएको
- कर्जाको गुणस्तर बढाउने र बढ्न थालेको खराब कर्जालाई नियन्त्रणमा राख्ने चुनौती रहेको
- वित्तीय साधनको लागत घटाउने गरी मौद्रिक उपकरणहरुमा लचकता कायम गर्न नसकिएको
- वित्तीय क्षेत्रको नियमन प्रभावकारी हुन नसकेको
- वित्तीय सहकारीको नियमन फितलो रहेको
बाह्य क्षेत्र
- कमजोर निकासीको आधार एवम् उच्च व्यापार घाटा
- चालु खाता प्रायः घाटामा रहेको
- भ्रमण आय भन्दा भ्रमण खर्च उच्च रहेको
- विदेशी लगानी आप्रवाह अत्यन्त कमजोर रहेको
- वैदेशिक रोजगारीलाई थप प्रतिफलमुखी बनाउन नसकिएको
आगामी कार्यदिशा
- प्रभावकारी मागमा अभिवृद्धि गर्ने
- सार्वजनिक खर्चलाई औचित्यपूर्ण र थप प्रभावकारी बनाउने गरी प्राथमिकीकरण गर्ने
- पुँजीगत खर्च क्षमता अभिवृद्धि गर्ने
- वित्त सुदृढीकरणमा जोड दिने
- उत्पादनमा आधारित राजस्वमा जोड दिने
- ऋणको प्रभावकारी उपयोग गर्ने
- वित्त जोखिम कम गर्ने
- लगानीको वातावरण निर्माण गरी आर्थिक वृद्धिलाई गति दिने
- उत्पादनशील क्षेत्रमा लगानी बढाउने
- प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन यसका बाधा पहिचान गरी सुधार गर्ने
- जलविद्युत उत्पादन र प्रसारण लाइन विस्तारमा जोड दिने,गुणस्तरीय सडक सञ्जाल निर्माण गर्ने, ग्रामिण सडक संजाललाई कृषि उत्पादन र बजारीकरणसँग आबद्ध गर्ने
- पुँजीगत खर्चको प्रभावकारिता बढाई आर्थिक वृद्धिमा सहयोग पुर्याउने
- प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्दै सरकारी लगानीलाई आर्थिक पूर्वाधारमा केन्द्रित गर्ने
- बहुवर्षीय ठेक्काको सहमती दिइएका आयोजनाको स्रोत व्यवस्थापन गर्ने
- वैदेशिक अनुदान र सहुलीयतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्नेस् जलवायुसँग सम्बन्धित कोषहरुको परिचालनमा जोड दिने
- सञ्चित कोषलाई सन्तुलित अवस्थामा राख्ने
- गैरबजेटरी मागलाई निरुत्साहित गर्ने
- कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्ने
- कर्जाको गुणस्तर बढाउने र बढ्न थालेको खराब कर्जालाई नियन्त्रणमा राख्ने
- साना तथा मझौला उत्पादनमूलक व्यवसायलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउने
- वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्दै वित्तीय साधनको लागत घटाउने गरी मौद्रिक उपकरणमा लचकता कायम गर्ने
- वित्तीय क्षेत्रको नियमनलाई प्रभावकारी बनाउने
- वित्तीय सहकारीको नियमन गर्न दोश्रो तहको नियामक संयन्त्र निर्माण गर्ने
- व्यापार घाटा नियन्त्रण गर्ने सम्बन्धी रणनीतिको कार्यान्वयनमा जोड दिने
- विदेशी लगानी आप्रवाह बढाउन नीतिगत र कानूनी सुधार गर्ने
- सम्झौता भएका सहुलीयतपूर्ण विदेशी ऋण र अनुदानलाई प्राथमिकताका क्षेत्रमा अधिकतम परिचालन गर्ने तथा शर्तहरुमा सुधार गर्ने
- वैदेशिक रोजगारीलाई थप प्रतिफलमुखी बनाउने ९तालिम, सिप र गन्तव्य०
- युवाहरुलाई स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्ने
- विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने
Add Comment