काठमाडौं । हिन्दु धर्मावलम्वी नेपालीहरुको महान चाड विजया दशमी हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म धुमधामसँग मनाउने गरिन्छ । आज विहिबार वडा दशैंको पहिलो दिन घर घरमा जमरा राखिँदैछ ।
बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक दियो, कलश र गणेश स्थापनासहित यव अर्थात् जौ रोप्ने गरिन्छ ।
पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ विधिपूर्वक घटस्थापना गरिन्छ। जमरामा मुख्य रुपमा जौ राखिने भए पनि जौंगँगै धान, गहूँ, मकै पनि राख्ने चलन छ ।

