धिताल पाकिस्तानका लागि राजदूतमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पाकिस्तानका लागि नेपाली राजदूतमा रिता धिताललाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम धिताललाई पाकिस्तानका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।