राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि र पूर्वराजाले ४ बजे सर्वसाधारणलाई टिका लगाईदिने

काठमाडौं । बडा दशैं २०८१ को अवसरमा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहबाट सर्वसाधारणका लागि लागि टिका तथा जमरा लगाईदिने कार्यक्रम रहेको छ । हरेक बर्ष वडा दशैंका दिन सर्वसाधारणहरुलाई राजा ज्ञानेन्द्रबाट निर्मल निवासमा टिका लगाईदिने कार्यक्रम रहेको छ । सोही अनुरुप यस वर्षको टिका दिउँसो ४ बजे लगाईदिने कार्यक्रममा रहेको सम्वाद सचिव डा फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले पनि दशैं कै अवसरमा आज टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाईदने भएका छन् । उनले दिउँसो ३ः३० देखि साँझ ५ टीका तथा जमरा लगाइदिने कार्यक्रम भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।