काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन, राष्ट्रिय युवा संघमा विवाद देखिएको छ।
आइतबार प्रधानमन्त्री केपी शर्मा अोली पक्षले संयोजकको जिम्मेवारीबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई हटाएको थियो।
प्रचण्ड-माधव समूहमा लागेका दीपशिखालाई हटाएपछि युवासंघको नयाँ नेतृत्व चयन गरिन लागिएको छ। संयोजकका लागि यसअघि उपसंयोजक रहेका रमेश पौडेल, बचन सिंह लगायतको दाबी छ।
यता, गृहमन्त्री राम बहादुर थापा पक्षका युवाले भने नयाँ नेतृत्व चयन गर्ने गरी जारी रहेको राष्ट्रिय युवा संघको राष्ट्रिय भेला बहिष्कार गरेका छन्।
बादल पक्षले युवा संघ केन्द्रीय समितिमा आफ्ना ५६ जना रहेको बताएको छ। निषेध गरेर जान खोजिएपछि आफूहरु भेलामै नगएको उनीहरुको भनाई छ।
तत्कालिन माओवादी केन्द्र र एमालेबीच एकता हुँदा युवा संघको नेतृत्वमा ३३५ जनाको कमिटी बनाइएको थियो।
त्यस मध्ये ओली समूहसँग हाल ८१ मात्रै रहेको र उक्त भेलाले गरेको निर्णय अवैध हुने बादल पक्षको भनाई छ।

