टेलिकमले देशका सवै वडाहरुमा फोर जी सेवा र इन्टरनेटको पहुँच पु¥याउने

काठमाडौं । नेपाल टेलिकमले देशका सबै वडाहरूमा गुणस्तरीय फोर जि सेवा र इन्टरनेटको पहुँच पुर्‍याउनुपर्नेमा सञ्चार मन्त्री पृथ्वी सुव्वा गुरुङले जोड दिएका छन् । मन्त्री गुरुङ्गले नेपाल टेलिकमको २१ औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रविधिको विकास तथा व्यापारमा भएको प्रतिस्पर्धाका बीच नेपाल टेलिकमलाई सक्षम बनाउन सरकारले नेपाल टेलिकमको शेयर जनतामा हस्तान्तरण गर्ने योजना बनाएको समेत बताए ।

सञ्चार मन्त्री गुरुङले हाल नेपाल टेलिकमको अघि प्रतिस्पर्धा गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने चुनौती रहेको उल्लेख गर्नुहुँदै त्यसलाई सामना गर्ने गरी सेवा प्रवाह, पहुँच वृद्धि र प्रविधिको प्रयोगमामा जोड दिएका थिए ।
सूचना प्रविधिको क्षेत्रमा लगानी प्रवर्द्धन तथा व्यवसाय सुदृढीकरण गर्ने गरी सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै मुलुकको सञ्चार तथा सामाजिक सञ्जालहरूलाई व्यवस्थित गर्ने गरी विधेयक संसदमा दर्ता गरेको खुलासा गरे ।
सरकारले संसदमा पेश गरेका ६ वटा अध्यादेशहरू पारित भएको खण्डमा मुलुकमा सुशासन स्थापना लगानीको वातावरण निर्माणमा कोशेढुंगा हुने पनि सञ्चारमन्त्री गुरुङको भनाई थियो ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले नेपाल टेलिकमले अब आफ्ना सेवाहरूलाई समयानुकूल सुधार गरी डिजिटल अपरेटरको रुपमा आफूलाई अघि बढाउनुपर्ने बताए । उनले प्रतिस्पर्धात्मक क्षमतामा सुधार गरी सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन आवश्यक अध्ययन तथा अनुसन्धान गरेर अघि बढ्न नेपाल टेलिकमलाई आग्रह समेत गरे ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहारीले चालु आर्थिक वर्षको पुष मसान्तसम्म नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रवाह तथा पहुँच वृद्धिको लागि विभिन्न योजना तथा कार्यक्रमहरू अघि बढाएको बताउनुभयो । उहाँले पुष मसान्त सम्ममा नेपाल टेलिकमले २० अर्ब १२ करोड आय आर्जन गरेको र यस आर्थिक वर्षको वित्तीय लक्ष्य प्राप्त गर्न सकिने अवस्था देखिएको जानकारी दिईन्