प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणसँग जोडिएका घटनाको नालीबेली

 

काठमाडौँ । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणले राजनीतिक वृत्तमा तरङग उत्पन्न गराएको छ । यो विषयले सडकदेखि सदनसम्म चर्चा पाएको छ ।

२० वर्षीय लम्साल आइतबार साँझ होस्टेलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। उनले सोही कलेजका एक विद्यार्थीबाट मानसिक यातना भोगिरहेको भन्दै दुई पटक अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा उजुरी दिएकी थिइन्, तर कलेज प्रशासनले गम्भीरता नदेखाएको बताइएको छ।

विद्यार्थीहरूको विरोध र प्रशासनको प्रतिक्रिया

लम्सालको मृत्युपछि नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन सुरु गरेका थिए। तर, कलेज प्रशासनले उल्टै उनीहरूलाई होस्टेल खाली गर्न आदेश दिएको थियो। यस क्रममा सुरक्षा गार्ड र बाउन्सरहरूले विद्यार्थीहरूलाई कुटपिट गरेको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए। उनीहरूले विश्वविद्यालय प्रशासनको लापरबाही र घटनाको निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन गरेका थिए। तर, विश्वविद्यालय प्रशासनले उल्टै उनीहरूलाई होस्टेल खाली गर्न आदेश दिएको थियो, जसका कारण विद्यार्थीहरू थप आक्रोशित भएका थिए।

यता,काठमाडौँको माइतीघर मण्डलामा विभिन्न विद्यार्थी संगठनहरुले न्यायको माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले प्रकृति लम्सालको मृत्युको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।यो घटनाले नेपाल र भारत दुवै देशमा नेपाली विद्यार्थीहरूको सुरक्षासम्बन्धी चासो र कूटनीतिक तहमा आवश्यक पहलको आवश्यकता औंल्याएको छ।

सरकारी छानबिन समिति गठन

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै ओडिसा प्रदेश सरकारले गृह विभागका अतिरिक्त मुख्य सचिव सत्यव्रत साहुको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। समितिमा महिला तथा बाल विकास विभागकी सचिव सुभा शर्मा र उच्च शिक्षा विभागका आयुक्त अरविन्द अग्रवाल सदस्य रहेका छन्।

प्रहरी अनुसन्धान र पक्राउ

भुवनेश्वर–कटक प्रहरी आयुक्तको कार्यालयले घटनाको निष्पक्ष र न्यायपूर्ण अनुसन्धान भइरहेको जनाएको छ। आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा अद्विक श्रीवास्तवलाई पक्राउ गरी न्यायिक हिरासतमा राखिएको छ। साथै, नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा दुई सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहरालाई पनि पक्राउ गरिएको छ।

कलेज प्रशासनको माफी

घटनापछि कलेजका उपकुलपति शरणजित सिंहले नेपाली विद्यार्थीहरूमाथि भएको दुर्व्यवहारप्रति माफी माग्दै सम्बन्धित कर्मचारीहरूलाई निलम्बन गरिएको र आन्तरिक छानबिन थालिएको जानकारी दिएका छन्। साथै, नेपाली विद्यार्थीहरूलाई पुनः कक्षामा फर्कन आग्रह गरिएको छ।

नेपाल सरकार र संसद्को ध्यानाकर्षण

नेपालको प्रतिनिधिसभामा सांसदहरूले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेका छन्। सांसदहरूले नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन्।

यो प्रकरणले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षासम्बन्धी चासो र कूटनीतिक तहमा आवश्यक पहलको आवश्यकता औंल्याएको छ।

नेपाल प्रहरीको टोली ओडिसा पुग्यो

प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणमा अनुसन्धान र नेपाली विद्यार्थीहरूको सुरक्षाको समन्वय गर्न नेपाल प्रहरीको एक टोली ओडिसा पुगेको छ।

दिल्लीस्थित नेपाली राजदूतावासबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सञ्जीव शर्मा दास र राष्ट्रिय अनुसन्धान विभागका नवीन अधिकारी मंगलबार बिहानै ओडिसा पुगेका हुन्। उनीहरूले भारतीय सुरक्षाकर्मी र विश्वविद्यालय प्रशासनसँग समन्वय गरी घटनाको निष्पक्ष छानबिन र नेपाली विद्यार्थीहरूको सुरक्षामा ध्यान केन्द्रित गर्नेछन्।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले सामाजिक सञ्जालमार्फत घटनाको गम्भीरताप्रति सरकार सचेत रहेको र आवश्यक पहल भइरहेको जानकारी दिएकी छन्। उनका अनुसार, विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूलाई होस्टेलमा फर्कन आह्वान गरिसकेको छ भने दुर्व्यवहारमा संलग्न कर्मचारीहरूलाई कारबाही गरिएको छ।

घटनापछि नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन सुरु गरेका थिए। तर, कलेज प्रशासनले उल्टै उनीहरूलाई होस्टेल खाली गर्न आदेश दिएको थियो। यस क्रममा सुरक्षा गार्ड र बाउन्सरहरूले विद्यार्थीहरूलाई कुटपिट गरेको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए।

नेपाल सरकार र सम्बन्धित निकायहरूले घटनाको निष्पक्ष छानबिन र नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शिक्षा मन्त्रालयको चेतावनी

भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणमा नेपाल सरकारको शिक्षा मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको न्यायपूर्ण र वैधानिक समाधान नभएमा भविष्यमा ओडिसा राज्यका विश्वविद्यालयहरूमा अध्ययनका लागि प्रदान गरिने वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) रोक्न सकिने चेतावनी दिएको छ।

विज्ञप्तिमा मन्त्रालयले सम्बन्धित विश्वविद्यालय प्रशासनद्वारा नेपाली विद्यार्थीहरूमाथि भएको व्यवहारलाई निन्दनीय भन्दै, विद्यार्थीहरूले विश्वविद्यालयका नियम पालना गरी अध्ययन गर्न पाउने अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ।

नेपाल सरकार र सम्बन्धित निकायहरूले घटनाको निष्पक्ष छानबिन र नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली विद्यार्थीहरूको फिर्ती खर्च कलेजले बेहोर्ने

भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणपछि उत्पन्न तनावका कारण होस्टेलबाट बलजफ्ती निकालिएका नेपाली विद्यार्थीहरूको फिर्ती खर्च कलेज प्रशासनले बेहोर्ने भएको छ।