भक्तपुरको सूर्यविनायक नगरपालिका ७, सुवर्णस्वरको ओरालोमा जिप (स्कार्पियो) दुर्घटना भएको छ ।
गुन्डुतर्फ जाने क्रममा अनियन्त्रित भएर बीएए ०८३४ नम्बरको जिप दुर्घटना हुँदा आठजना घाइते भएका छन् । घाइतेहरुको भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार तीव्र गतिको जिप आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो ।
गाडी पल्टिँदै आएपछि मोटरसाइकल पनि छेउतिर पल्टिएको थियो । तर मोटरसाइकल चालक भने लगत्तै घाइतेहरूको उद्धारमा खटिएको सामाजिक सञ्जालमा भाइरल बनेको सीसीटीभी फुटेजमा देख्न सकिन्छ ।
डीएसपी न्यौपानेका अनुसार घाइते हुनेमा भक्तपुर कटुन्जेका सविन अछामी, कमल अछामी, सुबोध अछामी, आशिष अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत र रुपा पन्त छन् ।


Add Comment