किन पुगे आईआरआईको प्रतिनिधि निर्वाचन आयोग

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचन पर्यबेक्षण गर्न नेपाल आएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट (आइआरआई)को टोली निर्वाचन आयोग पुगेको छ । सो टोलीले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग भेटवार्ता गरेका छन् ।
निर्वाचन आयोगको कार्यालयमा भएको भेटमा आइआरआइका एडवार्ड स्टेवार्ट नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा विशेष अवस्थामा हुन लागेको निर्वाचन पर्यवेक्षण गर्न पाउनु आफूहरूका लागि विशेष अवसर भएको बताउँदै निर्वाचन पूर्व तयारीका विषयमा जिज्ञासा राखेका थिए ।

सो अवसरमा आयोगका तर्फबाट आयोगका सचिव कृष्ण बहादुर राउतले निर्वाचन पूर्व तयारीको वर्तमान अवस्था र आगामी कार्यक्रमबारे जानकारी गराएका थिए । आइआरआइको टोली निर्वाचन अवधिभर नेपालमा रहने छ।