काठमाडौं । गत जेठ १५ गतेदेखि राजसंस्थाको पुर्नस्थापना, हिन्दु राष्ट्रको घोषणाको माग गदैै आन्दोलन गरिरहेको राजावादी समूहका नेतृत्व मध्ये पुर्व गृहमन्त्री समेत रहेका कमल थापा नारायण चौरबाट पक्राउ परेका छन् । राजावादी आँन्दोलनको चौथो दिन नक्साल स्थित नारायण चौरमा प्रहरीले आन्दोलनकारीमाथि लाठी प्रहार गरेको छ ।
आन्दोलनमा पुगेको राप्रपा नेपालमा अध्यक्ष कमल थापालाई प्रहरीले घाँटीमा किक्रिक्कै पारेको छ । कमल थापा पक्राउ परेपछि उनलाई रिहा गर्न अर्का राजावादी पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले चेतावनी दिएका छन् ।

शान्तिपूर्व ढंगले आन्दोलनमा रहेको आन्दोलनकर्मीलाई सरकारले हस्तक्षेप गरी लाठी चार्ज गरी गरेको भन्दै लिङदेनले सरकार चर्को आलोचना गरेका छन् । उनले पक्राउ परेका कमल थापा लगायतका राजावादीहरुलाई तत्काल रिहा गर्न पनि माग गरेका छन् ।


Add Comment