सन नेपाल लाइफद्वारा मृतकको परिवारलाई ११ लाख ४४ हजार बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले बीमा दाबी अन्तर्गत मृतकका परिवारलाई ११ लाख ४४ हजार ५ सय रुपैयाँको भुक्तानी गरेको छ।

कैलालीको बर्दगोरिया गाउँपालिका–२, झकडपुर निवासी बीमित बिष्णु प्रसाद चौधरीले भाग्योदय जीवन बीमा योजना अन्तर्गत १० लाख रुपैयाँको जीवन बीमा गरेका थिए। बीमा गरेपछि करिब ३ वर्षमै उनको निधन भएको थियो।

बिमित चौधरीको मृत्युपछि उनकी श्रीमती मिना चौधरीलाई कम्पनीले एक औपचारिक कार्यक्रम आयोजना गरी मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो।

प्रमुख अतिथि बिकले जीवन बीमा अहिलेको समयमा अत्यावश्यक भएको उल्लेख गर्दै सबैले आफ्नो क्षमताअनुसार बीमा गर्नु आवश्यक रहेको बताए। शाखा प्रबन्धक न्यौपानेले दुःखको समयमा जीवन बीमा नै वास्तविक साथ हुने भन्दै सबैलाई बीमा गर्न आग्रह गरे।

कार्यक्रमको अध्यक्षता लम्की शाखा प्रबन्धक डम्बर न्यौपानेले गरेका थिए भने प्रमुख अतिथि वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बिक रहेका थिए। कार्यक्रममा मार्केटिङ म्यानेजर चन्द्रमणि सापकोटा, चक्रबहादुर बोहरा, मार्केटिङ म्यानेजर मानबहादुर बुढा क्षेत्रीलगायतको उपस्थिति थियो।