काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाबारे धेरै चिन्ता गर्नु नपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भिजिट भिसाबाट बाहिर गएर उतैको नागरिकता लिएका र घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसकेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘भिजिट भिसाबारे साथीहरूले दुई महिनादेखि धेरै चिन्ता गरिराख्नु भएको छ । त्यो गर्नुपर्दैन । हामीले एउटा अभ्यास गरिसक्याछौं ।
भिजिट भिसामा बाहिर जाने, त्यहीको नागरिकता लिने, त्यही घरजम गरेर बस्ने, केही समय पछि नेपालफ र्किने दुईचार वटा अरू काण्ड पनि मच्याउने, पार्टी खोल्ने त्यस पछि गृह, अन्यमन्त्री हुँदै उपप्रधानमन्त्री समेत हुन सक्ने अभ्यास त हामीले गरिसकेका छौँ। किन चित्ता गर्नु हुन्छ । भोलि भिजिट भिसामा जानेहरूले पनि त्यही अभ्यास दोहो¥याउलान् नि किन चिन्ता गर्नु हुन्छ ।’


Add Comment