नेपाल सिरामिकको चौथो वार्षिक साधारण सभा थाइल्यान्डमा हुने

काठमाडौं । “आफ्नै माटो, आफ्नै शान” भन्ने नाराका साथ नेपाली टाइल्स बजारमा सशक्त उपस्थिति जनाउँदै आएको नेपाल सेरामिक इन्डस्ट्री प्रा.लि.ले आफ्नो चौथो वार्षिक साधारण सभा थाइल्यान्डमा आयोजना गर्ने भएको छ।

नेपालमै पहिलोपटक टाइल्स उत्पादन सुरु गरेको कम्पनी नेपाल सिरामिक ले ‘नेपोभिट टाइल्स’ ब्रान्ड अन्तर्गत गुणस्तरीय उत्पादन गर्दै देशभर बिक्री–वितरण गर्दै आएको छ । स्थापना पछिको चार वर्षे यात्रालाई कम्पनीले अनेकौँ चुनौतीबीचको अवसर का रूपमा लिएको छ ।

आर्थिक, प्राविधिक तथा बजारगत अवरोधबीच पनि कम्पनीले गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुष्टि मा आधारित व्यापार रणनीतिबाट सफलता हात पार्दै आएको छ ।

थाइल्यान्डमा आयोजना हुने वार्षिक साधारण सभा कम्पनीको सफलता यात्राको प्रतीक मात्र नभई, उद्योगको इतिहासमा पहिलोपटक यस्तो खालको अन्तर्राष्ट्रिय पहल पनि हो । कम्पनीले चालु आर्थिक वर्षमा राखिएको बिक्री लक्ष्य ९सेल्स टार्गेट० समयमै पुरा गरेपछि, विक्रि टोलीलाई सम्मानस्वरूप यो विशेष ट्रिपको आयोजना गरिएको हो ।

आगामी दिनमा अझ उच्च बिक्री लक्ष्य निर्धारण गर्दै सेवा र पहुँच विस्तार गर्ने योजना अघि सारेको कम्पनीले नेपाली उत्पादनलाई विश्व बजारसम्म पुराउने दीर्घकालीन उद्देश्यसहित अगाडि बढिरहेको जनाएको छ ।

कम्पनीका अनुसार, ‘यो भ्रमण केवल पुरस्कार मात्रै होइन, आगामी दिनमा अझ महत्वाकांक्षी लक्ष्यहरू हासिल गर्न टोलीलाई प्रेरित गर्ने रणनीतिक कदम पनि हो ।’ यस भ्रमणबाट बिक्री टोलीमा थप ऊर्जा, उत्साह र समर्पणको भावना जागृत हुने विश्वास कम्पनीले लिएको छ ।

नेपालमै सिरामिक टाइल्स उत्पादनको सुरुआत गर्दै आफ्नै ब्रान्ड स्थापित गर्ने सपना बोकेको नेपाल सिरामिक इन्डस्ट्रीले छोटो समयमै हाम्रै माटोको गन्ध बोकेको उत्पादनमार्फत नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । अब, यो सफलताको यात्रा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत हुँदैछ ।