काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ सूचीकृत भएको छ।
७ वर्षे अवधि र ७ प्रतिशत वार्षिक ब्याजदर रहेको यस ऋणपत्रको कुल २५ लाख कित्ता, अंकित तथा चुक्ता मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ रहेको छ।
उक्त ऋणपत्र नेप्सेमा ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नाममा र स्टक संकेत ‘च्द्यद्यीम्त्डड’ अन्तर्गत सूचीकृत गरिएको हो।
सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले हस्ताक्षर गरेका थिए।
सूचीकृत ऋणपत्रको दोस्रो बजारमा कारोबार साउन १५ गतेदेखि सुरु हुनेछ। सूचीकरणपछिको आरटीएस सेवा भने आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौं बाट प्रदान गरिनेछ।


Add Comment