काठमाडौं । दुई बर्ष अघि इजरायल एम्वेसीको सहयोगमो ‘अर्न एण्ड लर्न’ कार्यक्रम अन्तर्गत कृषि प्रशिक्षार्थीका रुपमा इजरायल पुगेका नेपाली विद्यार्थीहरु मध्ये दश जनाले हमासको आक्रमणमा परी ज्यान गुमाउनु परेको थियो । सोही समय हमास समूले वन्धक बनाइएका नागरिकहरुमा नेपालका विपिन जोशी पनि परेका थिए । विपिनलाई वन्धक बनाईएको घटना इजरायलमा प्रशिक्षार्थीका रुपमा कार्यरत विद्यार्थीहरुले नै जानकारी गराएका थिए ।
विपिन वन्धक भएपछि जसरी सरकारले उनलाई छुटाउन पहल गर्नु पर्ने थियो गर्न सकेन । बरु तात्कालिन नेपालका लागि इजरायल राजदूत हनान गोदरले जोशीको रिहाईका लागि आफूहरुले पहल गरिरहेको भन्दै गृहमन्त्री परराष्ट्र मन्त्रीलाई फोटो बुझाउने काम गरे । नेपालमा त्यसपछि दुई वटा गृहमन्त्री फेरिए, दुईवटा परराष्ट्र मन्त्री फेरिए । तर विपिनको रिहाईका लागि साधारण पहल गरे जस्तो बाहेक केही पनि गरेनन् ।
यही मौकामा इजरायलले विनिको आमा र बहिनी लाई आफ्नो देश लगेर हमासलाई वन्धक जोशीलाई छाड्न अपिल गर्न लगाउनु कति न्यायोचित होला ? प्यालेस्टाईनमाथि क्रुर आक्रमण गरिरहेको इजराइल माथि दक्षिण पश्चिम एशियाका देशहरु रुष्ट छन् । अहिले इजरायलमाथि इरान, इराक, सिरिया, लेवनान, टर्की, रसिया, चिन, फ्रान्स लगायका देशहरुले पनि तारो बनाईरहेका बेला नेपाल सरकारले नै विपिनको रिहाईका लागि पहल गर्नु पर्नेमा पीडित परिवार नै तेलअभिभमा पुगेर रुँदै विलौना गरिरहेका छन् । तर नेपालको परराष्ट्र मन्त्रालय मौन छ ।
परराष्ट्र मन्त्रालयको मौनता र इजरायल दूतावासको सक्रियताले नेपालको अन्र्तराष्ट्रिय परराष्ट्र सम्वन्धमा नै चिसोपन आउने सक्ने संकेतदेखिएको छ । परराष्ट्र मन्त्रालयले सरकारी तवरबाट विपिनको रिहाईका लागि पहल गरे जस्तो पनि गरेको छ । तर त्यत्तिले मात्र पुग्दैन । इजरायलले प्रशिक्षार्थीका रुपमा लिएर गएका कारण जिम्मेवारी उसैले लिनु पर्छ रिहाईका लागि । यद्यपी नेपाल सरकार त्यसबाट अछुतो रहन भने सक्दैनन ।
परराष्ट्र मन्त्रालयले सरकारी तवरबाट इरान, इराक, लेवनान जस्ता देशहरु जो प्यालेस्टाईनका पक्षमा छन् उनीहरुसँगको छलफलबाट विपिनको अवस्था बुझ्न र रिहाइृका लागि सक्रिय हुनु पर्दथ्यो । विडम्वना त्यसो भएन ।
इजरायले दूतावासले विपिनको आमा र बहिनीलाई नै तेलअभिभ पु¥याएर पत्रकार सम्मेलन गरी विपिनको रिहाईका लागि अपिल गर्न लगाउनको नेपाल सरकारको हैसियत र नैतिकतामाथि नै प्रश्न उठेको छ । परराष्ट्र मन्त्रालयले यसको जवाफ अवश्य दिनु पर्ने देखिन्छ ।


Add Comment