काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको बताए ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उउपमहासवि ,शर्मालले यस्तो बताएका । शेषनागले पृथ्वी कहीँ पनि नबोकेको जिकिर गर्दै उनले शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न आग्रह समेत गरे ।
आज विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्दै अर्को पुष्टि गरिसकेको उनको भनाइ थियो । ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्ते कथा हो । शेषनागले पृथ्वी बोकेको छ,’ शर्माले भनेका छन्, ‘त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्तेकथा हो । आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यसकारणले यो पृथ्वी चल्छ, केही ढल्दैन ।’


Add Comment