हमासले बुझायो इजरायललाई विपिनको शव

काठमाडौं। इजरायल आक्रमणमा समय हमासले वन्दी बनाएका नेपाली विद्यार्थी विपिन जोशीसहित ४ जनाको शव सोमबार हस्तान्तरण गरेको छ। हमासको सशस्त्र समूह कसम ब्रिगेडले सोमबार जोशीसहित ४ जना कैदीबन्दीको शव रेडक्रसका अधिकारीहरुलाई हस्तान्तरण गरेको जनाएको हो। हमासको उक्त सशस्त्र समूहले एक विज्ञप्ति जारी गर्दै विपिन मृतक बन्दीहरूको पहिचान गाइ इलोज, योसी शाराबी र डेनियल पेरेजको रूपमा गरेको छ।

यसअघि सोमबार नै हमासले गाजामा रहेका सबै २० जना जीवित कैदी बन्दीहरूलाई रिहा गरिसकेको हो ।