इजरायली संसदमा ट्रम्पले सम्बोधन गर्दा विपक्षी सांसदले देखाए प्लेकार्ड

काठमाडौं । प्लालेष्टाईन र इजरायलको द्धन्द्ध समाधान गर्दै युद्ध अन्त्य गर्न इजरायल पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली संसदमा सम्वोधन गर्ने क्रममा इजरायलका एक सांसदले उनलाई प्लेकार्ड देखाएका छन् । टँम्पले इजरायल र प्यालेस्टाईनको युद्ध अन्यले नयाा विहानी ल्याउने भन्दै सम्वोधन गरिरहँदा इजरायली विपक्षी सांसद भने ट्रम्पलाई प्यालेस्टाईन स्वतन्त्र राज्यको मान्यता दिनु पर्ने प्ले कार्ड देखाएपछि उनलाई मर्यादापालकहरुले संसदबाट बाहिर निकालेका थिए ।

हमासलाई इजरायली कैदीबन्दी रिहा गराउन बाध्य पारेकोमा अरब र इस्लामिक मुलुक एवं नेताहरुलाई ट्रम्पले धन्वयाद समेत दिएका थिए । इजरायलको संसद केन्नेसेटलाई सोमबार सम्बोधन गर्दै केन्नेसेटमा होहल्ला भएको थियो। हल्ला भएपछि उपस्थित सांसदहरुले ताली बजाएर राष्ट्रपति ट्रम्पको समर्थन गरेका थिए ।

पछि सुरक्षाकर्मीले हल्ला गर्ने केही मानिसलाई सुरक्षा बलले सभाहलबाट बाहिर लगेको अलजजीराले जनाएको छ ।