काठमाडाैं । सरकारले निर्देशिकाकाे पालना नै नगरी राजदूत नियुक्तिकाे सिफारिस गरेकाे छ । सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाएर राजदूत नियुक्तिकाे सिफारिस गरेकाे हाे । निर्देशिकाकाे धज्जी उडाएर बेमतलबी पाराले सरकारले कामकारबाही अघि बढाएकाे हाे । विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना छन्। अन्य नौ देशका लागि राजनीतिक आस्था र नेताहरूको निकटता आधारमा सिफारिस गरिएको छ। केपी शर्मा ओली नेतृत्वकै सरकारले जारी गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा परराष्ट्र सेवाबाट कम्तीमा ५० प्रतिशत नियुक्त हुनुपर्ने प्रावधान छ। हालकै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीकै अग्रसरतामा जारी उक्त निर्देशिका व्यवहारमा भने लागु हुन सकेको छैन।
राजदूत नियुक्तिमा निर्देशिकाकाे धज्जी
