काठमाडाैं । नेपालमा विदेशी लगानी कर्ताहरू यसै पनि लगानी गर्न डराउँछन् । कोरोना महामारी सुरू भएपछि थोरै मात्रामा भएका विदेशी लगानीकर्ताहरू पनि एक किसिमले मारमा परेका थिए । सरकारले लगानीमैत्री कार्यक्रम बनाउन नसक्दा लगानीकर्ताहरूमा एक किसिमको निरासा छाएको छ ।
हालसम्म पनि लगानीकर्ताको लागि महामारीको ह्याङ सकिएको छैन । सङ्क्रमणका कारण नेपाल भित्रने विदेशी लगानी पनि प्रभावित भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७÷७८ को आर्थिक तथा वित्तीयसम्बन्धी प्रतिवेदनअनुसार गत आवमा विदेशी लगानीमा सामान्य मात्रामा वृद्धि भएको देखिएको छ।
प्रतिवेदनअनुसार गत आवमा १९ अर्ब ९० करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ। यो आव २०७६/७७ को तुलनामा केवल १.२ प्रतिशतले मात्र बढी हो। गोरखापत्रमा खबर छ । उक्त आवमा नेपालले १९ अर्ब ६७ करोड रुपियाँ विदेशी लगानी भित्र्याएको थियो। विश्व अर्थतन्त्र नै कोभिड–१९ का कारण आक्रान्त बनिरहेको अवस्थामा नेपाल भित्रने लगानी पनि बढ्न नसकेको हो।
Add Comment