२४ फेब्रुअरीमा, रुसका भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरे । यहूदी नेतालाई मारेर युक्रेनलाई ‘डि–नाजिफाइङ’ गर्ने वा अन्य तर्क जे सुकै गरे पनि संसारले शक्तिको भोका निरंकुशताद्वारा भूमि कब्जा गरेको यो युद्ध के हो भनेर आक्रमणलाई देख्छ । यसकारण यो दिन आधुनिकता खरानी पार्ने दिन हो ।रेकर्ड गरिएको इतिहासको सुरुदेखि दोस्रो विश्वयुद्धको अन्त्य पछिको अवधिसम्म, शक्तिशाली राष्ट्रहरूले आफ्नो सिमाना विस्तार गर्न र अन्य मानिसहरूलाई वशमा पार्न बल प्रयोग गर्नु सामान्य थियो ।
अन्तर्राष्ट्रिय सिमानाहरू अहिलेको तुलनामा कम निश्चित थिए, र प्रायः मौसमहरूसँग परिवर्तन भए ।दोस्रो विश्वयुद्धका पाठहरू र संयुक्त राष्ट्र संघ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको स्थापनाले युद्धपछिको सापेक्षिक शान्तिको युगमा डोरÞ्यायो । युद्ध पछिको युगमा, विश्व शक्तिहरूले कम–शक्तिशाली छिमेकीहरूमाथि आक्रमण गर्नबाट धेरै हदसम्म परहेज गरे । त्यहाँ युद्धहरू थिए, निश्चित हुन, तर ती युद्धहरू धेरै हदसम्म सीमित राजनीतिक उद्देश्यका लागि लडिएका थिए, साम्राज्य विस्तार गर्न होइन ।
विश्व युद्धपछिको युग सम्भवतः पुटिनको युद्धसँगै समाप्त भएको छ, र युक्रेन जलेपछि नयाँ युगले आकार लिइरहेको छ ।युद्धपछिको युग सम्भवतः पुटिनको युद्धसँगै समाप्त भएको थियो, र युक्रेन जलेपछि नयाँ युगले आकार लिइरहेको छ ।जिन्दगी मान्छेको हुन्छ, जिन्दगी राष्ट्रको पनि हुन्छ । रुसको युक्रेनमाथिको आक्रमणलाई हेर्दा लाग्छ, जङ्गलराज जारी छ । नेतृत्वले विवेक गुमायो भने सभ्यता कसरी मासिन्छ, आजको युक्रेनलाई हेरे स्पष्ट हुन्छ । पुटिन र जेलेन्स्की युद्धमैदानमा छन् । पुटिनले जित्लान्, उनले मानवता मासेर युद्ध जित्लान् कि अतिवादी बन्लान्, समयले खरी घस्ला ? सभ्यताको संहारक सभ्य देखिने छैनन् ।
विश्लेषकहरुले भनेका छन्– नाजायज नाजायज नै हुन्छ । युक्रेनमाथिको हमलालाई जायज ठह¥याउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्पादन गरेका झुटमध्ये युक्रेन र त्यहाँको नेतृत्वबाट ‘नाजी उन्मूलन’ गर्ने विचित्रको दाबी पनि हो । भन्नलाई पुटिनले युक्रेनमाथिको यो आक्रमण ‘प्रताडना एवं नरसंहारबाट पीडित जनतालाई जोगाउनु’ रहेको बताए । पुटिनले ‘युक्रेनको निःशस्त्रीकरण र नाजी उन्मूलन गर्न रुसले प्रयास गर्ने’ बताए । प्रमाणित गर्न थरिथरिका मिसाइल दागेर र बम वर्षा गरेर मानवीय सभ्यतामा क्षति पु¥याए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की यहुदी हुन् र उनका परिवारका सदस्य दोस्रो विश्वयुद्धमा मारिएका थिए ।
जेलेन्सीलाई नाजी भन्नु पुटिनको युद्ध उन्मादमात्र हो । बदलाको भावना जगाउने अभिव्यक्ति हो ।सायद त्यसैले हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसीजे) ले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न आदेश दिएको छ । यो बाध्यकारी आदेश हो । १५ मध्ये १३ न्यायाधीशको आदेश हो यो । रुसीभाषीमाथि नरसंहार भएकोले हमला गर्नुपरेको भन्ने रुसको दावीमा प्रमाण नभेटिएको आदेशमा उल्लेख छ । रुस र चीनका २ न्यायाधीशले राय बझाएका हुन् ।सन १९४१ को विश्वयुद्ध अर्कै कारणमा भयो ।
जर्मन सेनालाई युक्रेनको किभमा ‘हेल हिटलर’ भनेर स्वागत गरिएको घटना थियो । त्यसको लगत्तै ३४ हजार यहुदी र बिरोधीलाई सहरबाहिर खेदेर हत्या गरिएको थियो । जसलाई आज पनि ‘हलोकाष्ट बाई बुलेट्स’ भनेर अमानवीय मानिन्छ । रुसको युक्रेन हमलामा अस्पताल, बालबालिका, बृद्ध बिरामीलाई पनि निसाना बनाइयो । युक्रेन अर्थात ‘बाबिन यार’ झैं सामुहिक चिहानजस्तो लाग्छ । किन ‘हलोकाष्ट बाई बुलेट्स’ भनेर निन्दा नगर्ने ?यो कालखण्ड मानवताको कालखण्ड हुनपर्छ । मानवताको आवाजलाई दबाउने गरी रुसले सैनिक आक्रमण गरेको छ । रुस बलियो होला, बलियो छु भन्न यति ठूलो नरसंहार जरुरी थियो र ?
निन्दायोग्य रुसी बलप्रयोग आधुनिक युगकै कलंक हो ।युक्रेन किन मस्कोपरस्त भएन ? किन नाटोपरस्त हुनपुग्यो भन्ने प्रश्न युद्धको कारण हुनु दुर्भाग्यपूर्ण छ । युक्रेनवासीलाई दण्डित गर्नु मानवीय अपराध हो । युक्रेनी सांसद वा रुसी नेता अथवा अन्य जो कोहीले नरसंहारलाई मानव इतिहासकै चहकिलो समय भनेका छन्, मानवीय क्षति चहकिलो कसरी हुनसक्छ ? यो शताब्दी यति कुरुप पनि हुनसक्छ ? रुसी राष्ट्रपतिले जसरी युक्रेनी आमनागरिकमाथि बमगोला बिस्फोट गराएर डढेलो लगाए, यसबाट नाजी को हो, सबैले देखेनन् र ?सन २०१४ मा पुटिनले क्रिमिया कब्जा गरे । सन २०१८ मा अमेरिकाले युक्रेनलाई दिइने अनुदान नवनाजीवादी ‘एजोभ बटालियन’को सैनिक काममा प्रयोग गर्न बन्देज लगाएको थियो ।
जे होस्, युक्रेन जनतामाथि हतियारको आगो वर्षा गर्नुलाई जायज मान्न सकिन्न । पुटिनका कारण ओडेसा, खार्किभ, पूर्वी क्षेत्रका बासिन्दा अत्यधिक भयभित छन् । यो युद्धका कारण २५ लाखभन्दा बढी युक्रेनी अन्य मुलुकमा भागिरहेका छन् ।रुसले युक्रेनमाथि गरेको हमाला इतिहासकै सबैभन्दा भयभित पार्ने यथार्थ हो । जो मानवतावादी छन्, उनीहरु युक्रेनका पक्षमा उभिनैपर्छ ।शक्तिराष्ट्रहरुको आशंका छ, युक्रेनलाई परास्त गर्न गाह्रो परेपछि रुसले रासायिनिक र जैविक हतियार प्रयोग गर्नसक्नेछ । ह्वाइटहाउसको संशय पनि यस्तै छ । प्रवक्ता जेन साकीले सचेत रहन भनेकी छिन् । उनले रुरुरुसद्वारा युक्रेनमा रासायनिक हतियार (सानो आकारको परमाणु हतियार) निर्माण भइरहेको रुसी दावीलाई खारेज गरिदिएकी छिन् । रुस बढी झूठ बोलिरहेको छ । स्मरणीय छ, सिरियामा रुसको साथ पाएकाले रासायनिक हतियार प्रयोग गरिएको थियो ।
यति ठूलो मानवीय क्षति भइसक्दा पनि रुस लज्जित भएको छैन ।नेपालको भूराजनीतिक महत्व बेग्लै छ । नेपालको भूगोलले विश्वलाई यो नयाँ युगमा लैजाने दुई उदीयमान महाशक्ति चीन र भारतको बीचमा राखेको छ । के यी जुगरनाटहरूले संसारलाई विजयको समयमा फिर्ता लैजान्छ, जहाँ सही हुन सक्छ’, वा तिनीहरूले हामीलाई अझ राम्रो बाटो खोज्न मद्दत गर्नेछन् ? यस प्रश्नको जवाफ चीन र भारतले पुटिनको भूमि हडप्ने कुरामा निर्भर हुनसक्छ ।नेपालका लागि रुसको आक्रमण र युक्रेनको जवाफ शिक्षा हुनेछ ।
नेपाल कहाँ उभिने, कसरी उभिने र बाँच्ने, यस विषयमा नेपालले परिपक्व राजनीतिक र कूटनीतिक निर्णय गर्न अबेर गर्नुहुन्न । रुसको युक्रेनमाथिको आक्रमणबारे युद्धमा चीन र भारतको प्रारम्भिक प्रतिक्रिया निराशाजनक रहेको छ । चीनले रसियासँग एक प्रमुख द्विपक्षीय सम्झौतामा हस्ताक्षर ग¥यो किनकि उसले ताइवानको टापुलाई हेरेको थियो । आफ्नो पक्षको लागि, भारतले एक कठोर दृष्टिकोण राख्यो, रसियाली हतियारहरू किन्नमा अधिक चासो रहेको संकेत गर्दै जुन युक्रेनी महिला र बालबालिकाको लागि उभिएको छ, जसको त्यही हतियारले हत्या भइरहेको छ ।‘नेपालीहरूले चीन र भारतको अर्को कदमलाई नजिकबाट हेर्नुपर्छ ।
के तिनीहरू अन्ततः युक्रेनको लागि खडा हुनेछन्, जसले गर्दा विश्वका राष्ट्रहरूलाई शान्तिको युगमा लैजान्छ ? वा हाम्रा छोराछोरी र नातिनातिनाहरू विजयको युगमा नेपाली भूमिको रक्षा गर्न बाध्य हुनेछन् ? युक्रेनमाथि रुसको पासविक आक्रमण चीनले १९५० मा चाउ एनलाईको समयदेखि अंगीकार गरेको पञ्चशीलको सिद्धान्तको उल्लंघन हो । चीनसँग आफ्ना मूल्यमा उभिने छुट छ, मूल्य तोड्ने सुविधा छैन । यसकारण चीनले युक्रेनमा शान्ति, पुननिर्माणका लागि विशेष रुपमा सघाउनै पर्छ । चीनले निसर्त युद्धविराम र शान्तिका लागि, रुसले नृशंस बमवारीबाट बाँचेकालाई मानवीय सहायता र तहस नहस पारेका युक्रेनका संरचना पुनर्निर्माणमा सघाउन सक्छ । रुसले युक्रेनमा आगो लगायो, चरम अप्ठेरो स्थिति सिर्जना गरिदियो । युक्रेन चीनको बीआरआईको सन २०१७ देखिको सदस्य राष्ट्र हो । सदस्य राष्ट्रप्रति चीन उदासीन हुन मिल्ला र ?
रुसको ज्यादति रोक्न पश्चिमाले रुसमाथि प्रतिवन्ध थप्दै गएको वर्तमान समयमा चीनले मात्र रुसका शासक पुटिनलाई मानवीय मार्गमा ल्याउन सक्छ । यसकारण चीनसँग युद्धको आगो निभाउने र द्वन्द्व निरुपणका लागि इमानदार सहजकर्ता बन्ने अवसर पनि छ । चीन अग्रसर भए युद्धको अन्त्य हुनसक्छ । चीनका राष्ट्रपति सी चीनफिङले २०४९ सम्ममा ‘आधुनिक समाजवादी राज्य’ र ‘साझा समृद्धि’ को उचाइ हासिल गर्न पनि चीन अग्रसर हुनुपर्ने देखिन्छ ।रुसको युद्ध उन्मादले युक्रेनलाई तहसनहस पारेको छ । युक्रेनी र युक्रेन पुगेका मान्छेहरुको हृदयविदारक दृश्यले विश्वजगतलाई मर्माहत पारिरहेको छ ।
यस्तो देखेर पनि शक्ति सन्तुलनको राजनीति भनेर पुटिनको बचाउ गर्नेहरुलाई बुद्धिजीवीहरुले धिक्कार भनिरहेका छन् ।रुसले युक्रेनलाई अधिनस्थ गराए पनि संगठित विद्रोह चेच्निया विद्रोहजस्तै दूरगामी चहराउने घाउ बनिरहनेछ । युक्रेनमाथि रुसको आक्रमण शीतयुद्धको बीउ वा विश्वयुद्धको कारण नबनोस्, यसमा विश्वले नै ध्यान दिनुपर्छ ।नेपाल न्यायको पक्षमा उभियो । असंलग्न नेपालले यो आक्रमणको विरोध गरेको छ । असंलग्न भनेको के हो ? भन्ने बहस नेपालभित्रै चलेको छ । विश्लेषकहरु भन्छन्– असंलग्न भनेको कसैको पक्ष नलिएर तटस्थ बस्नु किमार्थ होइन । नेपालको असंलग्न परराष्ट्रनीतिको सूत्रपात गर्ने तत्कालीन परराष्ट्रमन्त्री चूडाप्रसाद शर्माको राष्ट्रसंघको ११औं साधारणसभाको सम्बोधनको सम्झना गरिएको छ ।
असंलग्न नीति भनेको गुटमा संलग्न नहुने, अन्यायको विपक्षमा बोल्ने काम त गर्नैपर्छ । सायद यही नीतिअनुसार नेपालले राष्ट्रसंघको मतदानमा युक्रेनमाथि रुसले गरेको अन्यायको निन्दा गरेर १९३ सदस्यमध्ये नेपाल, भुटान समेत १४१ ले रुसी आक्रमणको विरोध गर्दै प्रस्तावको पक्षमा मत दिएका हुन् । रुसका समर्थकमा बेलारुस, उत्तर कोरिया, एरिट्रिया र सिरिया मात्र देखिए । भारत, चीन, पाकिस्तान र बंगलादेश मत नदिने ३५औं राष्ट्रमा पर्छन् ।असंलग्नता र पञ्चशील नेपालको मार्गदर्शक सिद्धान्त हुन्,, नेपाल त्यही सिद्धान्तमा उभिनुपर्छ ।
सार्वभौमिकता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा नेपालको अविचलित अडान विचलित हुनैसक्दैन । हुनैहुन्न । कूटनीतिक लघुताभासबाट नेपाल मुक्त हुनैपर्छ । यसैमा नेपालको भविष्य सुनिश्चित हुनेछ ।तिखेर तुलनात्मक रूपमा युरोपको एउटा समृद्ध देश युक्रेन खरानी भइरहेको छ । त्यसलाई खरानी बनाउन उद्यत् भएका छन् रूसी राष्ट्रपति भ्लादिमिर पुटिन । आफ्नो राष्ट्रिय स्वार्थका नाममा आफूभन्दा लाखौं गुणा सानो छिमेकी विरुद्ध महाशक्तिका रूपमा सञ्चित सम्पूर्ण सैनिक शक्ति प्रयोग गरिरहेको छ रूसी नेतृत्व । पुटिनले लगाएको यो नरसंहारकारी आगो कहाँसम्म फैलने हो र कहिलेसम्म बलिरहने हो कसैले अनुमान गर्न सकिरहेको छैन । युक्रेनलाई चिहान र खरानी बनाउन उद्दत रुसमा पुटिन निर्वाचित राष्ट्रपति भए पनि स्टालिन र हिट्लरका आधुनिक अवतार बनेका छन् ।
रुसले बिर्सियो– १९९० मा मानव अधिकार र स्वतन्त्रताको आँधीले सोभियत रुसलाई १५ टुक्रा पारेको थियो । पूर्व केजीवी प्रमुख पुटिन १९९९ मा उपप्रधानमन्त्री, २००० मा कार्यवाहक राष्ट्रपति र त्यसपछि राष्ट्रपति, प्रधानमन्त्री हुँदै सत्ताको शीर्षस्थानमा पुगेका हुन् । केजीवीमा हुँदा नै सत्ताको उत्थान र पतन जानेका पुटिनले आफूलाई शक्तिशाली ठानेका छन् । विश्वको ठूलो भूभाग ओगटेको रुसको सोच ठूलो देखिन सकेन ।पुटिन चाहन्छन्– संविधानतः कब्जा गरेको क्रिमियालाई रूसको अंग स्वीकार गर्नुपर्छ, लुहान्स्क, र दोहेन्सलाई युक्रेनले स्वतन्त्र राज्यका रूपमा अनुमोदन गर्नुपर्छ, कुनै पनि हालतमा पश्चिमी सैनिक गठबन्धनबाट युक्रेन अलग बस्नुपर्छ ।
यही कुरा मनाउन रुस बम, बारुद, मिसाइल, लडाकु विमान र ट्यांकले निरन्तर बर्बरतापूर्वक युक्रेनमाथि आक्रमण गरिरहेको छ ।मेरै छत्रछायाँमा बस्नुपर्छ भन्ने यो कस्तो जिरह हो ? युक्रेनमा कोही मरिरहेका छन् । कोही घाइते भएर चिच्याइरहेछन् । ज्यान बचाउन शरणार्थीका रुपमा भाग्ने भागिरहेछन् । बालबालिकाको हृदयविदारक बेहाल देखिन्छ । बुढाबुढीको आँसुका धारा, साना नानीहरूलाई काखी च्यापेर भाग्दै गरेका आमाहरूको करुण पुकारले पुटिनलाई पोल्छ कि पोल्दैन होला ? – राजन कार्की
Add Comment