महाकुम्भ मेलाबाट फर्कंदै गरेको स्कारपियो मुजफ्फरमा दुर्घटना हुँदा ५ नेपालीको मृत्यु

भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्कंदै गरेको गाडी (स्कारपियो) दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ । दुर्घटनामा थप चारजना घाइते भएका छन् ।

भारतको मुजफ्फरमा शनिबार साँझ भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको धनुषा प्रहरीका डीएसपी बरुणबहादुर सिंहले जानकरी दिए ।

मृत्यु हुनेमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र गाडी चालक रहेका छन् । गाडी चालकको परिचय खुल्न सकेको छैन ।

मृतक धनुषा र महोत्तरी जिल्लाका हुन् । दुर्घटनामा सिकिस्त घाइते हुने चार जनामा मनोहर ठाकुर, कामिनी झा , सृष्टि ठाकुर र जगतारण देवी रहेका छन् ।

भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार मोटरसाइकललाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको स्कार्पियो एक मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई पल्टेको थियो ।

दुर्घटनाका बेला स्कारपियोको गति करिब सय किलोमिटर प्रतिघण्टा रहेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ ।