प्रधानन्यायाधीश कार्कीविरूद्ध उजुरी दिन आह्वान

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान भएको छ।

मंगलबार सिंहदरबारमा बसेको सुनुवाइ समिति बैठकले कार्कीविरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

कार्कीविरूद्ध उजुरी आह्वान गर्ने सूचना गोरखापत्रमा पनि प्रकाशन हुनेछ। कार्कीविरूद्ध पत्र र इमेलबाट उजुरी दिन सकिनेछ। कार्की लामो समयदेखि कामु प्रधानन्यायाधीश छन्।

सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाको अध्यक्षतामा बसेको थियो। यो बैठकले सुनुवाइ समिति कार्यविधि पनि पारित गरेको छ।

सुनुवाइ समितिको पहिलो बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधनसमेत गरेका थिए।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषद बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको थियो।