श्रम सम्झौता नगर्दा मानवअधिकार उल्लङ्घन : शर्मा

काठमाडौँ, ४ पुस ।  राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले वैदेशिक रोजगारमा जाने मुलुकसँग सम्झौता नगर्नाले श्रमिकको मानवअधिकार हनन भएको बताउनुभएको छ । 
आज आयोगले ललितपुरमा आयोजना गरेको ‘सुरक्षित वैदेशिक रोजगारमा सरोकारवालाको प्रभावकारी भूमिका’ विषयक अन्तरक्रियामा उहाँले सरकारकै कारण वैदेशिक रोजगारमा जाने श्रमिकको मानवअधिकार हनन भएको आरोप लगाउनुभयो ।
“अहिले पनि मलेसिया, साउदी अरबलगायत केही देशसँग कामदार पठाउने बारेमा सम्झौता गरिएको छैन”, उहाँले भन्नुभयो, “त्यसैले ती मुलुकमा बढी मानवअधिकार उल्लङ्घन भएका छन् ।”
अध्यक्ष शर्माले सम्झौता गरेर मात्र श्रमिकलाई पठाउँदा अधिकार पाउने बताउँदै धेरै जनशक्ति जाने मुलुकमा सरकारले चाँडै नै श्रम सम्झौता गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मीप्रसाद मैनालीले वैदेशिक रोजगारमा जाने श्रमिकका विषयमा नीतिगत सुधार गर्न लागि परेको बताउँदै “वैदेशिक रोजगारमा जानेको मानवअधिकार उल्लङ्घन सम्बन्धी कुरालाई अन्तर्राष्ट्रियस्तरमा उठाएर समाधान गर्नुपर्दछ,”भन्नुभयो ।
आयोगका सदस्य सुदीप पाठकले सरकारले घरेलु कामदारसम्बन्धी सन्धिलाई लागू गरे श्रमिक सुरक्षित हुने बताउँदै सरकारले अनुगमन नगर्दा वैदेशिक रोजगारमा जाने श्रमिक ठगिने गरेको धारणा व्यक्त गर्नुभयो ।

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...