ठगी गर्ने एक भूपू प्रहरी प्रहरीको फन्दामा

घोराही, १ असोज।  प्रहरीमा जागीर लगाइदिन्छु भन्दै ठगी गर्ने एक भूपू प्रहरी प्रहरीको फन्दामा परेका छन् ।
दाङ जिल्लाको घोराही बजारमा मेट्रो सिटी सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आइरहेका भूतपूर्व प्रहरी कालीबहादुर लामालाई प्रक्राउ गरी आज सार्वजनिक गरिएको हो । 
दोलखा भीमेश्वर नगरपालिका–२ चरिकोट घर भई काठमाडौँ पेप्सीखोला बस्दै आएका ५१ वर्षीय लामालाई काठमाडौँबाट दाङ प्रहरीसहित सीआईबीको टोलीले पक्राउ गरेको हो । अभियुक्त लामाले करीब ६०÷७० जनासँग जनही रु दुई लाख ५० हजारसम्म लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरि शर्माका अनुसार सल्यान शारदा नगरपालिका–३ वडाखोलाका २० वर्षीय भीमसेन भण्डारीले प्रहरीमा उजुरी दिएपछि अभियुक्त लामाले गरेको गतिविधि खुल्न आएको छ ।
हतियारसहित पक्राउ 
जिल्ला प्रहरी कार्यालय दाङले हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । यूसए लेखिएको अटोमेटिक पेस्तोलसहित घोराही–१३ बडहराका २७ वर्षीय वीरबहादुर चौधरीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी प्रमुख कृष्णहरि शर्माकाअनुसार अभियुक्त चौधरीलाई घोराही बजार क्षेत्रभित्र पर्ने बुद्धि ग्यारेजबाट पक्राउ गरेको हो । “विशेष सूचनाको आधारमा चौधरीलाई बजारभित्रै भेटी रीतपूर्वक शरीर खानतलासी गर्दा पाइन्टको बेल्टमा लुकाइछिपाइ राखेको अटोमेटिक पेस्तोल भेटिएको हो ।” प्रहरी प्रमुख शर्माले भन्नुभयो, “पेस्तोलसँगै एक थान म्याग्जिन र चार राउण्ड गोलीसमेत फेला पारेको छ ।” – रासस

+ posts

सम्वन्धित समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

ताजा समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर...