लकडाउनमा सवारी कुदाउने हो ? १५ हजारमा पास किन्नुस

काठमाडौं । मुलुकभर लकडाउन छ । सरकारले अत्यावश्यक कामका बाहेक अन्य सवारी साधनलाई सुचारु गर्नका लागि प्रतिवन्ध लगाएको छ । दुई महिनादेखि लकडाउनका कारण मानिसहरु घर बाहिर निस्कन पाएका छैनन । यो अवस्थामा तपाईलाई आफ्नो गाडाी चलाएर धुँवा र धुलोमुक्त हावा खान र सवारी हाँक्न मन छभने चिन्ता नलिनुस् । जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयले वितरण गर्ने पास सेटिङ मिलाएर किन्न पाइन्छ ।
लकडाउनको पास विक्री गर्ने काम गृहमन्त्री रामबहादुर थापाका छोराले गरिरहेको र प्रति पास ५ देखि १५ सम्म लिनेको गरेको सामाजिक सञ्जालहरुमा देख्न पाईन्छ । त्यसो हो भने किन तनाव लिइरहने १५ तिर्नु लकडाउनको पास लिनु र हिड्नुस् । त्यत्ति मात्र होइन । अहिले जिल्ला प्रशासन कार्यालय र विभिन्न मन्त्रालयले सचिवको सिफारिसमा पास वितरण गर्ने नयाँ नीति आएपछि गृहमन्त्रीको माात्र एकलौटी भएन अव त भ्रष्ट मतिका अन्य कर्मचारीहरुले पनि धमाधाम पास विक्री गरिरहेका छन् ।
नेपाल सरकारले लकडाउने गरेको जेठ १० गते दुई महिना पुरा हुँदैन । सरकारले जारी गरेको लकडाउनको पालन पहुँच नभएका व्यक्तिहरु, गरिव विपनन परिवारका व्यक्तिहरुले मात्र गर्नु पर्ने हो भन्ने प्रश्नहरु पनि यतिखेर उब्जिन थालेको देखिन्छ, कारण सडकमा गुडेका महंगा गाडी र तिनको औचित्यले । अहिले यो वा त्यो नाममा पहुँच र पावर भएका व्यक्तिहरु सरकारले उपलब्ध गराएको पास वोकेर सडकमा हावा खान निस्किएका देखिन्छन् । घरभित्रै थुनिनु परेको पीडाका वावजुत पहुँचकै आधारमा पास बनाएर सडकमा दौडिने पनि छन् । त्यत्तिमात्र होइन सवारी पासको व्यापार भएको आरोप पनि लाग्दै आईरहेको छ ।
हुन त संक्रमणलाई गम्भीर रुपमा लिइएको देखिँदैन । जनताले पनि कोरोना संक्रमणलाई क¥फ्र्यूका रुपमा हेर्ने तथा कार्यान्वयन गर्ने निकाय पनि खाली सडकमात्र खाली गराउने काममा व्यस्त रहेको देखियो । ठूला सडकमा कुद्ने सवारी आवागमन चेकिङ्ग गरेर मात्र खासै प्रभाव परेको देखिँदैन । सवारी साधन पास वोकेरै हिडिरहेका छन् भने त्यस्ता चेकिङ्गको कुनै अर्थ रहँदैन । लकडाउनको शुरुवातमा वितरण गरिएका पहेँला रङ्गका पासहरु रद्द गर्दैमा सवारी खुकुलो भएको भन्ने स्पष्ट देखिँदैन । बरु नयाँ पास जारी गर्दै भनसुन र लेनदेनबाट सवारीको संख्या सडकमा बढिरहेको देख्न सकिन्छ ।
एकातिर लकडाउन अर्को तिर पासको व्यापार गर्ने हो भने कोरोना संक्रमण एक महिना वा दुई महिनामा न्यूनिकरण होइन बर्षौसम्म यस्तै गरी अगाडि जान्छ विज्ञहरुले स्वीकार गरिसकेको अवस्था हो । सरकारकै निर्देशनको कुरा गर्ने हो भने अत्यावश्यक सेवाका औषधी, सञ्चार, खाद्यान्न एम्वुलेन्सका सवारी साधनहरुलाई मात्र अनुमति दिनु आवश्यक छ । अत्यावश्यक सवारीका नाममा पास वितरण गर्दा सवारीको प्रकार हेरेर उपलब्ध गराउने हो भने पनि सहज हुन्थ्यो । खाद्यान्न ढुवानी भनेर पजेरोको पास बनाउनु कत्ति उचित हो ? औषधी ढुवानी भनेर कस्ता सवारी साधनलाई पास जारी गरिएको छ भन्ने नै महत्वपूर्ण कुरा हो । जे होस् पछिल्ला समयमा आएका चर्चा र बहश जस्तै लकडाउनका नाममा पास विक्री गरेर कोरोना संक्रमण कुनै हालतमा रोकिँदैन । सवैमा चेतना आउनु आवश्यक छ ।